कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

-


     मर्दी न्युज    
     वैशाख १ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ ।

महासंघको सोमबार बसेको बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने  निर्णय गरेको हो । बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् ।