वडाध्यक्ष पराजुलीले अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरमा काम ठप्प

-


     मर्दी न्युज    
     वैशाख २४ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले प्रशासन महाशाखाका सातौं तहका अधिकृतमाथि हातपात गरेपछि पोखरा महानगरका कर्मचारी आन्दोलनमा उत्रेका छन् । वडाध्यक्ष पराजुलीले अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

उनीहरुले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौं । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण गर्दछौं, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौं ।’
कर्मचारीहरुकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरुमा समेत काम प्रभावित भएको छ ।

त्यस्तै मंगलवारै वडाध्यक्ष पराजुलीले सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका लेखनाथ सुवेदीलाई पनि कुटपिट गरेको व्यवसायीहरुले बताएका छन् । सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले व्यवसायीमाथि कुटपीट गर्ने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीलाई आज (बुधवार) एक विज्ञप्ति प्रकाशित गरी कारवाही गर्न माग गरेको छन् ।

समितिअध्यक्ष तुलबहादुर थापा ९राजन०ले एक बिज्ञप्ति निकाल्दै आफ्ना सदस्य सुवेदीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घट्नाको भत्र्सना गरेका हुन् ।

साथै समितिले व्यवसायीमाथि वडाध्यक्ष पराजुलीले गरेको घटनाप्रति सम्पूर्ण व्यवसायीहरु एकजुट भएर आवाज बुलन्द गर्न आह्वानपनि गरेको छ ।