
भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट युद्धविराम लागू भएपछि पनि पाकिस्तानले विस्फोट गरिरहेको भारतीय पक्षले आरोप लगाएको छ । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए ।
भारतका विदेश सचिव विक्रम मिसरीले भारत-प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि समझदारीको बारम्बार उल्लंघन भएको बताएका छन्। भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भने, ‘हामीले प्राप्त गरेको समझदारीको बारम्बार उल्लंघन भएको छ ।’
त्यसको केही समयपछि प्रतिकृया दिंदै भारतले केही क्षेत्रमा उल्लंघन गरिरहे पनि युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा प्रतिबद्ध रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।
गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त दशकौँकै सबैभन्दा गम्भीर सैन्य संघर्ष भएको बताइएको छ । ड्रोन, क्षेप्यास्त्र र तोपहरूको प्रयोग भारतले पाकिस्तान र पाकिस्तान-प्रशासित कश्मीरमा आक्रमण गरेपछि सुरु भएको थियो ।
भारतको यो कारबाही गत महिनाको पहलगाममा भएको एक घातक उग्रवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको थियो । पाकिस्तानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल प्लेटफर्ममार्फत भारत र पाकिस्तानबीचको सम्झौता अमेरिकाको मध्यस्थतामा सम्भव भएको बताएका थिए । पछि पाकिस्तानका विदेश मन्त्रीले पनि दुई देशबीच समझदारीमा सहमति भएको पुष्टि गर्दै पाकिस्तान र भारतबीच युद्धविराम सम्झौता भएको बताए ।