ट्रक पल्टिँदा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

-


     मर्दी न्युज    
     वैशाख २८ गते २०८२ मा प्रकाशित


भरतपुर (चितवन)। मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत तुइनखोलानजिक कोइला बोकेको ट्रक सडकमा पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । 

बिरगन्जबाट काठमाडौं जाँदैगरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको (कोइला लोड) भएको ट्रक अनियन्त्रित भइ विहान ७ बजे पल्टेको थियो । ट्रक पल्टे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ ।