३ सय ९५ जनाले गरे सगरमाथा आरोहण

-


     मर्दी न्युज    
     जेठ ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् । 

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ)टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् ।

यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।