सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

-


     मर्दी न्युज    
     जेठ २० गते २०८२ मा प्रकाशित


सोमवार सुनचाँदीको मूल्य बढेको छ।

तोलामा एक हजार रुपैयाँले बढेर आज प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला एक लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले वृद्धि भएर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।