अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई आज काठमाडौं ल्याईंदै

-


     मर्दी न्युज    
     जेठ २६ गते २०८२ मा प्रकाशित


काठमाडौं । अमेरिका पुगेका ४० जनाभन्दा बढी नेपालीलाई देश निकाला गरी आज चार्टर्ड विमानबाट काठमाडौँ ल्याइँदैछ ।

आज अपराह्न ४ बजेतिर अमेरिकाले देशनिकाला गरेका नेपालीहरू ल्याइरहेको विमान अवतरण गर्ने जानकारी अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले दिएका हुन् ।

अमेरिका बस्न पाउने कागजपत्रविहीन नेपालीहरूलाई पक्राउ गरी नेपालतर्फ पठाइँदै गरेको हो । शुरुमा ५० जनालाई निकाला गरी काठमाडौँ पठाउने जानकारी आएपनि त्यो संख्या ४० देखि ५० को बीचमा रहने महानिर्देशक रिजालले बताए ।

नेपाल पठाउने सूचीमा रहेकामध्ये केहीलाई अमेरिकामै राखेर अनुसन्धान अघि बढाइएको अमेरिकी समार माध्ययले जनाएका छन् । एकैपटक ४० जनाभन्दा बढी नेपाललीलाई अमेरिकाले देशनिकाला गरेको पहिलोपटक भएको बताइएको छ ।

आज काठमाडौँ ल्याइनेहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाइनेछ । उनीहरू मानव तस्करलाई एक करोड रुपैयाँसम्म बुझाएर तस्करीको बाटोबाट अमेरिका पुगेकोले उनीहरूलाई त्यहाँबाट निकालिएको समाचारमा उल्लेख छ ।