माधव नेपालको सांसद पद निलम्बनको सूचना प्रतिनिधिसभामा

-


     मर्दी न्युज    
     जेठ ३० गते २०८२ मा प्रकाशित


काठमाडौँ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य माधव कुमार नेपालको संसद पद निलम्बन सम्बन्धीको जानकारी सदनलाई गराइएको छ ।

बैठकमा सभामुख देवाराज घिमिरेले पतान्जली जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुनस्धान आयोगद्वारा भ्रष्ट्राचारको मुद्दा विशेष अदालतलमा दर्ता भएको भन्दै मौजुदा कानुनी प्रावधान अनुसार उहाँको पद निलम्बनमा परेको जानकारी गराएका हुन् ।

सदनको अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र सत्तारुढ दल नेकपा एमाले बीच सहमति भएसँगै  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधकाबीच आजको बैठक संचालन भएको थियो ।

बैठकमा गृहमन्त्री रमेश लेखकले सम्बोधन गरे । सम्बोधनको क्रममा उनले कर्मचारीमाथि अनुसन्धान हुँदैमा मन्त्रालयको राजनीतिक नेतृत्वको राजीनामा माग्नु उचित नभएको जिकिर गरे ।