जापानको क्योतोमा नेपाली कम्युनिटी गठन अध्यक्षमा ओली

-


     मर्दी न्युज    
     असार ६ गते २०८२ मा प्रकाशित


सन थापा, जापान ।

जापानको प्राचीन राजधानी क्योतोमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले नरेश ओलीको अध्यक्षमा “क्योतो नेपाली कम्युनिटी जापान” गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा शंकर भूसाल,उपाध्यक्षहरूमा गोपाल खत्री, गोबिन्द सापकोटा, रामभक्त सापकोटा, धीरेन्द्र शाही, महिला उपाध्यक्षमा लालसा सापकोटा, सचिवमा सुबिन न्यौपाने, सहसचिवमा बिमल गैरे कपिल आचार्य र कोषाध्यक्षमा मदन अधिकारी र सह-कोषाध्यक्षमा सिन्धु शर्मा रहेका छन् ।

त्यसैगरी युवा तथा खेलकूद संयोजकमा सुजनजंग क्षेत्री, सांस्कृतिक संयोजकमा काजल गुरुङ, सह(संयोजकमा सबिन सापकोटा, प्रचारप्रसार संयोजकमा सुरज थिङ्ग रहेका छन् भने सदस्यहरूमा सन्दिप भूसाल, संगम जोशी, अर्जुन भूसाल, निकेस वाईवा, रबिना मगर, चूडामणि खड्का, प्रदीप कुँवर र चेतन मल्ल रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका उपाध्यक्ष कृष्ण गैरेले नेपाली समुदायवीच एकता,सहकार्य र साझा बिकासको भावनाको बिकास गर्नु पर्नेमा जोड दिए ।

गौरीशंकर गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए जापानका सदस्य बिष्णु सापकोटा,एनआरएनए कान्साई उपाध्यक्ष टिआर गौडेल, लगायतले क्योतो यूनाइटेडका अध्यक्ष मिलन नाम्बु, बागलुङ समाज कान्साईका अध्यक्ष बेद प्रसाद कॅंडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्योतोमा हाल करीब ५ हजार नेपाली समुदाय रहेका छन् ।