
सन थापा, जापान । १५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) कान्साई क्षेत्रीय कार्य समितिको आइतबार ओसाकामा सम्पन्न १०औं अधिवेशनले संयोजकमा भीमबहादुर घर्ती (अनुप)लाई सर्वसम्मत चयन गरेको छ ।
सन् २०२५–२०२७ कार्यकालका लागि भएको उक्त अधिवेशनले तीनजना उपसंयोजकमा शंकर भूसाल, नारायण थापा (राम), लक्ष्मण न्यौपाने चयन गर्यो ।
त्यस्तै सचिवमा लक्ष्मण गैरे, सह(सचिवमा प्रकाश कॅंडेल र चुडामणि कॅंडेल चयन भए । कोषाध्यक्षमा बलबहादुर कॅंडेल क्षेत्री, सहकोषाध्यक्षमा रोशन सापकोटा, युवा संयोजकमा टंकप्रसाद न्यौपाने (राजन) चयन भए ।

त्यसैगरी महिला सदस्यमा सरिता मगर शेर्पा निर्विरोध भईन् भने अन्य सदस्यहरूमा सन्तोष लामिछाने, दीपेन्द्र सापकोटा, बिशाल भूजेल, काशिराम अर्याल, गिरिराज चौधरी,गुरूदेव कँडेल, भक्तबहादुर बिके, सन्देश बुढाथोकी, दिनेश पौडेल, पुस्कर चौसिर, सुदिप लामिछाने, सूर्यप्रसाद अर्याल, झरेन्द्रकुमार कुँवर, अग्निराज त्रिपाठी चयन भए ।
त्यसैगरी सल्लाहकार सदस्यमा ओमबहादुर खड्का क्षेत्री,काशिराम अर्याल,खेलकूद विभाग प्रमुख प्रेम बोहोरा, सञ्चार विभाग प्रमुख सुविन न्यौपाने चयन भए ।
निर्वाचन समितिमा तेजप्रकाश गुरूङ, नरबहादुर जुग्जाली र यदुराम सापकोटा रहेका थिए ।
एनआरएनए कान्साई क्षेत्रमा ३ हजार ५ सय छ जनाले सदस्यता लिएका छन् । संयोजक, सह(संयोजक लगायतका पदमा आकांक्षी धेरै भएपछि पटक(पटक समयावधि थपेर छलफल गरी सहमतिमा सर्वसम्मत रूपमा चयन गरेको हो ।
एनआरएनए कान्साई क्षेत्रीय समितिका संयोजक हरिप्रसाद कॅंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव बिनोद कॅंडेलले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएनए जापानका विशेषज्ञ समिति सदस्य नरेन्द्र बस्नेत, आईसीसी पूर्व सदस्य तुलसीराम खरेल, एनआरएनए जापानका केन्द्रिय सदस्य कृष्ण सापकोटा, मुक्तिराम खरेल, आत्मराम शर्मा गैरे, गलकोट समाज कान्साई अध्यक्ष नरबहादुर थापा,कर्णाली समाज कान्साई अध्यक्ष झरेन्द्रकुमार कुँवर, गैरे समाजका अध्यक्ष होमप्रसाद गैरे, मुक्तिराम खरेल, आत्मराम शर्मा गैरे,देवप्रसाद पाँडे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समयको अक्षरशः पालना हुने जापानमा बिहान ११ः३० बाट हुने भनिएको कार्यक्रम निर्धारित समयभन्दा ४ घण्टा ढिलो सुरू भएपछि सहभागीहरूले नेपाली पारा नसुध्रिएको भन्दै गुनासो गरे ।


