
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट स्वीकृत भएसँगै मौद्रिक नीति सार्वजनिक गरिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

