पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

-


     मर्दी न्युज    
     श्रावण ३० गते २०८२ मा प्रकाशित


नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल मट्टितेलको मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेल मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । नयाँ मूल्य राति १२ बजेदेखि लागु हुने छ।