
नयाँबानेश्वरमा भएको ‘जेन-जी’ प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जना प्रदर्शनकारीको मृत्यु भएको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो। मृतकको परिचय खुल्न बाँकी छ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार, अस्पतालमा उपचाररत अन्य ७० देखि ८० जना घाइते प्रदर्शनकारी छन्। सोमबार दिउँसो बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर दर्जनौं प्रदर्शनकारी घाइते भएका थिए।

