
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएका छन् ।
असार ३१ गते संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका ओलीले मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधानसम्मत राजनीतिक निकासका लागि पद त्याग गरेको उल्लेख गरेका छन्।
ओलीले राजीनामा पत्रमा लेखेका छन्, “संविधानसम्मत राजनीतिक निकासका र समस्या समाधानका थप पहलका लागि संविधानको धारा ७७(१) बमोजिम आजैदेखि लागू हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु।”
उनले आज (भदौ २४) मितिदेखि राजीनामा लागू हुने गरी पत्रमा हस्ताक्षर गरेका छन्। राजीनामा राष्ट्रपतिसमक्ष पठाइएको छ।


