हितेन्द्रदेवलाई हटाएर विद्युत प्राधिकरणको जिम्मेवारी मनोजलाई

-


     मर्दी न्युज    
     असाेज ५ गते २०८२ मा प्रकाशित


सरकारले नेपाल विद्युत प्रधिकरणको कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारीबाट हटाएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले शाक्यलाई पदबाट हटाएका हुन्। उनको ठाउँमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीमा पदमा नियुक्त गर्ने निर्णय गरेको छ। शाक्य गत चैत ११ गते कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।