
चिरपरिचित अग्रज पर्यटन ब्यबसायी, समाजसेवी र बौद्धिक ब्यक्तित्व टिकाराम सापकोटाले लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के नेपालको आगामी लायन बर्ष २०२६-२७ को लागि द्वितीय भाइस डिस्ट्रीक्ट गभर्नर पदमा बिधिवत रूपमा मनोनयन दर्ता गर्नुभएको छ। “हामी सेवा गछौँ” भन्ने मुल नाराका साथ सामाजिक एवम् मानवीय सेवामा विश्वकै अग्रणी संस्थाको रुपमा सन् १९१७ मा स्थापित लायन्स अन्तर्राष्ट्रिय, डिस्ट्रीक्ट ३२५ के नेपाल जस्तो गरिमामय संस्थाको भाबी गभर्नरको रूपमा समेत हेरिएका सापकोटा मनोनयनले सम्पुर्ण लायनकर्मीहरु उत्साहित भएका छन्।

आज मिति २०८२ साल चैत १० गते मंगलबार तदनुसार सन २०२६ मार्च महिनाको २४ तारीखका दिन पोखराको महेन्द्रपुल स्थित पोखरा पार्टी प्यालेसको सभाहलमा भएको भब्य औपचारिक कार्यक्रममा उहाँको मनोनयन दर्ता भएको हो। उम्मेदवार परिचय र मनोनयन दर्ता कार्यक्रमका प्रमुख अतिथिको रूपमा लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ के नेपालका गभर्नर लायन दुर्गा प्रसाद हुमागाँइ हुनुहुन्थ्यो भने एमडि कोअर्डिनेटर लायन दीपक श्रेष्ठ, एमडी कमिटी चेयरपर्सन लायन राजेन्द्र कुमार बाटाजु, आइपिडिजी लायन निरा बज्राचार्य, पिडिजी लायन बिशेश्वर आचार्य , क्याबिनेट सेक्रेटरी लायन ट्रीजा ढकाल, क्याबिनेट ट्रेजरर लायन राम कुमार लामिछाने र डिस्ट्रीक्ट पिआरो इन चिफ लायन शैलेन्द्र दाहाल लगाएतका लायन्स लिडरहरुको बिशेष उपस्थिति रहेको थियो। मनोनयन कमिटीका चेयरपर्सन लायन टोप बहादुर थापालाई मनोनयन पत्र हस्तान्तरण गर्ने कार्यक्रममा डिस्ट्रीक्ट ३२५ के नेपालमा आबद्द गण्डकी, धौलागिरी र बागमती क्षेत्रका लायन्स तथा लियोहरुको उत्साहपुर्ण उपस्थिति थियो।
को हुन् लायन टीकाराम सापकोटा
पर्यटन र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्व, पोखरा–६, लेकसाइड निवासी लायन टीकाराम सापकोटा (जन्म: ११ मार्च १९७१) पर्यटन व्यवसायी तथा दर्तावाल लेखापरिक्षकका रूपमा परिचित हुनुहुन्छ। स्वर्गीय रवि मोहन सापकोटा र मन कुमारी सापकोटाका सुपुत्र सापकोटाको श्रीमती लायन शोभा कुमारी अधिकारी हुनुहुन्छ भने छोरी लायन प्रमिसा सापकोटा र छोरा प्रयास सापकोटा रहेका छन्। एम.वि.ए अध्ययन गर्नुभएका सापकोटा हाल पर्यटन व्यवसाय तथा लेखापरिक्षण क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँ लायन्स क्लब अफ पोखरा संगमका पूर्व अध्यक्ष र यस लायन वर्षमा डिष्ट्रिक्टका चिफ डिष्ट्रिक्ट एडभाईजर हुनुहुन्छ।
सापकोटाले अमेरिका, क्यानडा, युके, जर्मनी, इटाली, बेल्जियम, स्वीजरल्याण्ड, साउथ अफ्रिका, भारत, चीन, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया र दुबई लगायतका देशहरूको भ्रमण गर्नुभएको छ।
लायनवादमा उहाँको लामो अनुभव रहेको छ। सन् १९९६ देखि २००५ सम्म लियो क्लब अफ पोखरामा सदस्य रहनुभएका सापकोटा २००५/२००६/२००७ मा लायन्स क्लब अफ पोखरा संगमका चार्टर सेक्रेटरी, २००७/२००८ मा प्रथम उपाध्यक्ष र २००८/२००९ मा क्लब अध्यक्ष हुनुभएको थियो। त्यसैगरी डिष्ट्रिक्ट तहमा २००९/२०११ मा डिष्ट्रिक्ट चेयर पर्सन, २०१२/२०१३ मा कमिटी कोअर्डिनेटर, २०१३/२०१४ मा जोन चेयर पर्सन, २०१४/२०१५ मा कमिटी को-अर्डिनेटर, २०१६/२०१७ मा रिजन चेयर पर्सन, २०१७/२०१८ मा डिष्ट्रिक्ट डिपार्टमेन्ट अफिसर, २०१८/२०१९ मा डिष्ट्रिक्ट पीआरओ, २०१९/२०२० मा सिनियर एडभाइजर, २०२०/२०२१ मा डिष्ट्रिक्ट डिपार्टमेन्ट चीफ, २०२१/२०२२ मा मोडल भिलेज चीफ, २०२२/२०२३ मा सेल्फ इम्प्लोइमेन्ट चीफ, २०२३/२०२४ मा चिफ एडमिनिष्ट्रेटर, २०२४/२०२५ मा पीआरओ इन चिफ र २०२५/२०२६ मा डिष्ट्रिक्ट चिफ एडभाइजरको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ।
व्यवसायिक रूपमा उहाँ फुजियामा ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि., नेपाल भ्याकेशन प्रा.लि. र कास्कीकोट इको भिलेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा लेकसिटी होल्डिङ्स प्रा.लि.का निर्देशक हुनुहुन्छ। साथै टि.आर. सापकोटा एण्ड एशोसियट्समार्फत दर्तावाल लेखापरिक्षकको सेवा प्रदान गर्दै आउनुभएको छ।
सामाजिक क्षेत्रमा पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ। उहाँ नेपाल पर्यटन बोर्ड (NTB) का पूर्व कार्यकारी सदस्य, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष, ट्रेकिङ्ग ऐजेन्सीज एशोसिएसन अफ नेपाल (TAAN) गण्डकीका पूर्व अध्यक्ष, PATA नेपाल च्याप्टरका पूर्व कार्यकारी सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्यकारी सदस्य हुनुहुन्छ। साथै नेपाल पर्यटन वर्ष २०११ (पश्चिमाञ्चल कमिटी) र पोखरा भ्रमण वर्ष २००७ का पूर्व सदस्य सचिव, सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा जनज्योती मा.वि. कालिका, कास्कीका पूर्व अध्यक्ष हुनुहुन्छ।
त्यस्तै उहाँ नेपाल पर्वतारोहण संघ (NMA) गण्डकी, गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (VITOF-Nepal) गण्डकी तथा पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) का सल्लाहकार रहनुभएको छ। उहाँ अडिटर्स एसोसियशन अफ नेपाल (AUDAN) का केन्द्रीय विभाग सदस्य तथा नेपाल एसोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (NATTA) गण्डकीका सदस्य समेत हुनुहुन्छ।
उहाँलाई International President’s Certificate of Recognition, International President’s Medal, DG Medals, DG Appreciation Certificates, Outstanding Cabinet Officers, Outstanding Region Chairperson तथा Outstanding Zone Chairperson लगायतका सम्मान प्राप्त भएका छन्।

तालिम तथा सहभागिताअन्तर्गत उहाँले Faculty Development Institute (FDI), Regional Lions Leadership Institute (RLLI), इटालीमा Web Marketing & International Promotion, Germany मा Chamber Management Training, चीनमा Tourism Management Seminar तथा मलेसिया, इन्डोनेसिया र भारतमा Sustainable Tourism Seminar मा सहभागिता जनाउनुभएको छ। साथै विभिन्न अन्तर्राष्ट्रिय कन्भेन्सन, ISAME Forum, Multiple District Convention तथा District Convention मा समेत सहभागिता जनाउनुभएको छ।
योगदानका रूपमा उहाँ Melvin Jones Fellow (MJF), NLF–Mega तथा Lions Welfare Bank सँग आबद्ध हुनुहुन्छ। क्लब विस्तारमा उहाँले ९ वटा नयाँ लायन्स क्लब स्थापना गर्न सफल हुनुभएको छ भने २ क्लबका लागि Guiding Lion Certified Mentor का रूपमा पनि काम गर्नुभएको छ।
प्रकाशनतर्फ उहाँद्वारा “Tourism in Pokhara: Issues, Trend & Prospect” (२०१३), “Code of Conduct for Peace Responsible Tourism” (२०१३) र “CSR for Promoting Peace in the Tourism Sector” (२०१३) प्रकाशित भएका छन्।
यसरी लायन टीकाराम सापकोटा पर्यटन, व्यवसाय, सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा सक्रिय र अनुभवी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँको सम्पर्क नम्बर ९८५६०२०२६४ र इमेल sapkotatr@gmail.com रहेको छ।


