लेकसाइडमा पर्यटकलाई दुःख दिएको आरोपमा १६ महिला पक्राउ

-


     मर्दी न्युज    
     वैशाख ६ गते २०८३ मा प्रकाशित


पोखरा । पोखराको लेकसाइडमा पर्यटकहरुलाई दुःख दिएको आरोपमा प्रहरीले १६ जना महिलालाई नियन्त्रणमा लिएको छ ।

रातिको समयमा पर्यटकहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने, हैरानी दिने र लुटपाट गर्ने गरेको जनगुनासोका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले वैशाख ५ गते मध्यराति साढे १२ बजेदेखि वैशाख ६ गते बिहान २ बजेसम्म कारबाही चलाएको थियो ।

त्यसक्रममा १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।