
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले सय दिने उपलब्धि सार्वजनिक गरेको छ।
प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता सस्मित पोखरेलले आज सरकारको उपलब्धि सार्वजनिक गरेका हुन्।
सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत रहेको जानकारी दिए । यस्तै १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुमानित रासायनिक मल बिक्री वितरण गरेको छ ।
विसं २०८२ चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट ५३ हजार ७१६ दशमलव ४५ मेट्रिकटन र साल्ट ट्रेडिङ कर्पोरेसनबाट ३५ हजार ४७८ दशमलव १० मेट्रिकटन अनुमानित रासायनिक मल बिक्री वितरण गरिएको छ ।
सरकारले काठमाडौँका विभिन्न सुकुम्वासी बस्तीबाट विस्थापित भएका ४६५ परिवारलाई राहत रकम प्रदान गरेको जानकारी दिए । सरकारका अनुसार उनीहरूलाई ५ जेठमा मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार प्रति परिवार २५ हजार रुपैयाँका दरले राहत रकम प्रदान गरिएको जानकारी दिइएको हो । ११ वैशाखमा सहरी विकास मन्त्रालयले गरेको निर्णय अनुसार काठमाडौँका १७ सुकुम्वासी बस्तीबाट दुई हजार ६०८ परिवार विस्थापनमा परेका थिए ।

