सुनको मूल्य आठ हजारले बढ्यो

-


     मर्दी न्युज    
     श्रावण २१ गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार  कायम भएको छ । 

बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो ।