सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०८३ मा प्रकाशित


स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु ९०० रुपैयाँले बढेर दुई लाख ९६ हजार ९०० कायम भएको छ । 

 बिहीबार सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ  । आज चाँदी  प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।  अघिल्लो दिन चाँदी प्रतितोला रु चार हजार ५७० मा कारोबार भएको थियो ।