कृष्णभीरमा सडक भासियो, मुग्लिन-काठमाडौँ सडक पूर्णरूपमा अवरुद्ध

-


     मर्दी न्युज    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


बाढीका कारण काठमाडौँ-मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो।

त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको बताइएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ । आज बिहान केही बेर अवरुद्ध भएर खुलेको सडक केही समयमै पूर्णरुपमा बन्द भएको हो ।