बहुविवाह मुद्दाका प्रतिवादी सात वर्षपछि पक्राउ

-


     मर्दी न्युज    
     भाद्र १० गते २०७७ मा प्रकाशित


बझाङ, १० भदौ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका–३ बस्ने ३४ राजेन्द्र बहादुर खड्का र सोही नगरपालिका बस्ने बाजुरा कुलदेवमाण्डौ घर भएका २७ वर्षीया राधिका खड्का रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई जयपृथ्वी नगरपालिका-९ देवलबाट पक्राउ गरेको हो ।

उनीहरुलाई जिल्ला अदालत बझाङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय बझाङ पठाइएको छ ।