
पोखरा । पोखराका १४ जनासहित गण्डकी प्रदेशमा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा कास्कीमा १४ जना र नवलपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । यससँगै गण्डकी प्रदेशमा ३ हजार ८ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीको पोखरा महानगरपालिमा ५ जना महिला र ९ जना पुरुषमा, नवलपुरको विनयत्रिवेणीमा ३ जना महिला र १ जना पुरुषमा कोरोना संक्रमण देखिएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा २ हजार ६ सय ९७ जना निको भएर घर फर्किएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

