२४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । पछिल्लो २४ घण्टामा थप २२ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेका संख्या १ हजार १४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार अपरान्ह दिएको जानकारी अनुसार १२ हजार ९६० को परीक्षण गर्दा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ८ सय ५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।



Tags: