
पोखरा, २५ कात्तिक । गण्डकी प्रदेशमा मंगलवार थप १ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ६५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलवार संक्रमित हुनेमा कास्कीका ९८, गोरखाका २१, पर्वतका १३, तनहुँका ११, स्याङ्जाका ११, बागलुङका ७ र म्याग्दीका ४ जना गरी १ सय ६५ जना रहेका छन् ।
यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय २१ पुगेको छ ।
त्यसैगरी प्रदेशमा थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ भीमाद ९ का ६३ वर्षीय पुरुष रहेका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १२ पुगेको छ ।

