पोखरामा थप २ जना कोरोना संक्रमणबाट निधन

-


     मर्दी न्युज    
     मंसिर ६ गते २०७७ मा प्रकाशित


पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पोखराका एक र पर्वतका एक जना गरी २ जनाको मृत्यु भएको हो ।

मृतक पोखरा १३ का ७९ वर्षीय पुरुष रहेका छन् । उनको शुक्रबार राति साढे ११ बजे ज्यान गएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै अर्का मृतक पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ का ६१ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान कोरोना संक्रमणबाट ज्यान गएको हो । हिजो शुक्रवारमात्र कोरोना संक्रमण पुष्टि भएको उनको आज बिहान १० बजेर १० मिनेट जाँदा ज्यान गएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ४१ पुगेको छ ।



Tags: