
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ ।
आइतबार प्रदेशमा १ सय २५ नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ६१ पुगेको हो ।
आइतबार प्रदेशका ५९१ जनाको नमूना परीक्षण गर्दा ५ जिल्लामा १ सय २५ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका १ सय ७ जना, बागलुङका १२, तनहुँ, पर्वत र स्याङ्जाका २/२ जना गरी १ सय २५ जना रहेका छन् ।
कुल संक्रमितमध्ये ६ हजार २ सय १४ जना निको भएका छन् भने १ सय ४१ को मृत्यु भएको छ ।

