
पोखरा, ९ मंसिर । पोखराका ५५ जनासहित गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्ला कास्कीका ५५, गोरखाका १७, तनहुँका ११, नवलपरासीपूर्वका ५ स्याङ्जाका २ र लमजुङका १ जना गरी ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलवार प्रदेशमा ९१ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ११ हजार २ सय ८१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
तीमध्ये प्रदेशमा हालसम्म १ सय ४१ जनाको मृत्यु भइसकेको छ ।

