जापानमा कोरोना संक्रमणको उच्च रेकर्ड २६८४ जना थपिए, १४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । नोभेम्बर २८
जापानमा शनिबार २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो । बिहीबार ३७ हजार १ सय ७७ जनाको पीसीआर टेस्ट गरिएको थियो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ४६ हजार २ सय १४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार १ सय २३ जना पुगेको छ । सबैभन्दा धेरै ओसाकामा आठ, होक्काईदोमा चार र इबाराकी प्रान्तमा दुई गरी १४ जनाको मृत्यु भएको हो ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २० हजार ९ सय १८ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुने र गम्भीर बिरामीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । हाल १९ हजार ५ सय आठजनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ५ सय ६१, ओसाकामा ४ सय ६३, होक्काईदोमा २ सय ५२, खानागावामा २ सय १९, आईचीमा २ सय १७, खानागावामा २ सय १५, ह्योगोमा १ सय ४५, साईतामामा १ सय १८ र चिबामा १ सय १३ जना थपिए ।

संक्रमित संख्या २ हजार बढी भएका प्रान्तहरू

टोकियोमा ४० हजार २ सय १०, ओसाकामा १९ हजार ६ सय ३०, खानागावामा १२ हजार ३ सय २६,आईचीमा ९ हजार ८ सय ६२, होक्काईदोमा ८ हजार ५ सय २६, साईतामामा ८ हजार २ सय १९, चिबामा ६ हजार ८ सय ४९, फुकुओकामा ५ हजार ७ सय ५८, ह्योगोमा ५ हजार ४ सय १९, ओकिनावामा ४ हजार २ सय ४७ र क्योतोमा २ हजार ६ सय ४६ जना पुगेको छ ।