
पोखरा, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ।
मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै सक्रमणका कारण निधन हुनेको संख्या १ हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ।

