जापानमा एकैदिन ५३ जनाको मृत्यु, २४३१ जना संक्रमित

-


     मर्दी न्युज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर १५
जापानमा पछिल्लो समय कोरोना संक्रमण सँगै मृत्युदर पनि बढ्दै गएको छ । मंगलबार हालसम्मको धेरै ५३ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या २ हजार ७ सय १५ जना पुगेको छ ।

मंगलबार होक्काईदोमा ११, ओसाकामा १०, टोकियोमा नौ, ह्योगोमा पाँच, चिबामा तीन, ईवाते, आईची, हिरोसिमामा दुई/दुई, मिए, क्योतो, साईतामा, गिफु, निगाता, खानागावा, गुन्मा, ईबाराक र नागानो प्रान्तमा एक/एक गरी ५३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी २ हजार ४ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ८५ हजार ४ सय ४४ जना पुगेको छ ।

संक्रमितमध्ये २५ हजार ९३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ५४ हजार १ सय ७८ जना कोरोना संक्रमित निको भएका छन् ।

४७ प्रान्त मध्ये तीन प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने राजधानी टोकियोमा ४ सय ६०, ओसाकामा ३ सय छ, खानागावामा २ सय २६, आईचीमा २ सय १६, साईतामा १ सय ७३, होक्काईदोमा १ सय चार, ह्योगो १ सय ४४, चिबा १ सय १९ जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

संक्रमित संख्या ४७ हजार ९ सय ९०,ओसाकामा २५ हजार ४ सय २०, खानागावामा १५ हजार ३ सय ९६,आईचीमा १३ हजार ५०, होक्काईदोमा ११ हजार ५ सय ६४, साईतामामा १० हजार ७ सय १२, चिबामा ८ हजार ३ सय ७३, ह्योगोमा ७ हजार ५ सय ४७, फुकुओकामा ६ हजार ७ सय ४९, ओकिनावामा ४ हजार ८ सय ४४ र क्योतोमा ३ हजार ३ सय ७८ जना पुगेको छ ।