
पोखरा, १ पुस । पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१२ का ८४ वर्षीय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको हो । उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । । उनीमा मंसिर २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै पोखरा महानगरपालिका–१ का ७६ वर्षीय पुरूषको फिस्टेल अस्पतालमा उपचारको क्रममा मंसिर ३० गते राती १०ः२० बजे मृत्यु भएको हो । उनीमा मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्य १८६ पुगेको छ ।
यसैगरी आज बुधवार १ः१५ बजेसम्म गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितमध्ये कास्कीका २६ जना, तनहुँका ५ जना र पर्वतका १ रहेका छन् ।
यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ५५४ पुगेको छ ।

