
सन थापा,
जापान । डिसेम्बर १६
जापानमा बुधबार २ हजार ९ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो दोस्रो उच्च संक्रमण संख्या हो, सबैभन्दा बढी चारदिनअघि डिसेम्बर १२ मा ३ हजार ३९ जना संक्रमित भएका थिए ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमित संख्या १ लाख ८८ हजार ४ सय ३७ जना पुगेको छ । सोमबार ३६ हजार ८ सय ७८ जनाको पीसीआर परिक्षण गरिएको थियो ।
त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या २ हजार ७ सय ६८ जना पुगेको छ ।
आज होक्काईदोमा र ओसाकामा ११र११, टोकियोमा १०, ह्योगोमा आठ, आईचीमा तीन, खानागावा, सिजुओकामा दुई÷दुई, चिबा, मिए, ओकायामा, मियाजाकी, फुकुसीमा र हिरोसिमा प्रान्तमा एक÷एक गरी ५३ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
संक्रमितमध्ये २५ हजार १ सय ४२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय १८ जनाको अवस्था गम्भीर रहेको छ ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ५६ हजार २ सय छ जना कोरोना संक्रमित निको भएका छन् ।
४७ प्रान्त मध्ये अकिता र तोत्तोरी प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने राजधानी टोकियोमा हालसम्मकै उच्च ६ सय ७८ जना संक्रमित थपिए । त्यस्तै ओसाकामा ३ सय ९६, खानागावामा २ सय ८७, आईचीमा २ सय ४८,साईतामा १ सय ७९, फुकुओकामा १ सय ४१, ह्योगो १ सय ३५, चिबा १ सय २३ जना थपिए ।
बढी संक्रमित संख्या भएका प्रान्तहरू
संक्रमित संख्या ४८ हजार ६ सय ६८,ओसाकामा २५ हजार ८ सय १६, खानागावामा १५ हजार ६ सय ८३,आईचीमा १३ हजार २ सय ९८, होक्काईदोमा ११ हजार ६ सय ५०, साईतामामा १० हजार ८ सय ९१, चिबामा ८ हजार ४ सय ९६, ह्योगोमा ७ हजार ६ सय ८२, फुकुओकामा ६ हजार ८ सय ९०, ओकिनावामा ४ हजार ८ सय ८० र क्योतोमा ३ हजार ४ सय ७५ जना पुगेको छ ।

