२४ घण्टामा ७१० जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ पुस । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ७८० नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।



Tags: