
पोखरा, ५ पुस । पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०० जनाको परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १०९७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ८ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ४ सय २१ जना क्वारेन्टिनमा छन्।

