
पोखरा, ६ पुस । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको परीक्षण हुँदा ७४२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १०७९ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ९५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ७ हजार ९ सय ७६ जना सक्रिय संक्रमित छन् ।

