
पोखरा, १७ पुस । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २२५ जनाको परीक्षण हुँदा १५३ महिला र २७३ जना पुरुष गरी ४२६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार ७४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ६ हजार ४८ जना सक्रिय संक्रमित छन् ।

