पछिल्लो २४ घण्टामा ५२२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस २१ गते २०७७ मा प्रकाशित


पोखरा, २१ पुस । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५५१ जनाको परीक्षण हुँदा १८४ महिला र ३३८ जना पुरुष गरी ५२२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ छ ।



Tags: