
पोखरा, २३ पुस । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३२ जनाको परीक्षण हुँदा १८२ महिला र २३० जना पुरुष गरी ४१२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार ४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित छन् ।

