
पोखरा, ९ माघ । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ३ हजार ५ सय ४५ नमुना परीक्षण गर्दा १३३ महिला र १६९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ६३ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् भने १९८६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ६१४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८७९ जनाको संस्थागत आइसोलेसनमा छन् भने १५४ जनाको आईसीयू र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

