
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना संक्रमितको मृत्यु भएसँगै दुई हजार १ जना पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ नमूना परीक्षण गर्दा दुई सय ७० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ६९ हजार ४ सय ५० जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा४ सय ३ जना निको भएका छन् भने योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ६४ हजार १ सय ३७ पुगेको छ ।
हाल देशभर ३ हजार ३ सय १२ सक्रिय संक्रमित रहेका छन्।

