जापानमा ३३४५ जनामा संक्रमण, ९१ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ १७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १७ माघ । जापानमा शनिबार ३ हजार ३ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ८८ हजार १५ जना पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ७ सय एकजना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख २६ हजार २ सय ५१ जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ५१ हजार ७ सय ६४ जनाको उपचार भइरहेको छ भने ९ सय ७४ जनाको अवस्था गम्भीर रहेको छ ।

आपतकाल लागु भएका ११ प्रान्तको अवस्था

राजधानी टोकियोमा ७ सय ६९ जना संक्रमित थपिए । जम्मा संख्या ९९ हजार २ सय आठजना पुगेको छ भने ८ सय ८३ जनाको मृत्यु भएको छ ।

ओसाकामा ३ सय ३८ जना संक्रमित थपिए । ४३ हजार ५ सय आठजना संक्रमित संख्या पुगेको छ भने ९ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ३ सय ९७ जना संक्रमित थपिए । संक्रमित संख्या ४० हजार ३ सय ७१ जना पुगेको छ भने ४ सय ६७ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २४ हजार ९ सय ४६ जना पुगेको छ । यहाँ ३ सय छजना संक्रमित थपिए भने ३ सय ४१ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २३ हजार ९ सय २६ जना र मृत्यु हुने संख्या ३ सय ८२ जना पुगेको छ । यहाँ १ सय २६ जना संक्रमित थपिए।
त्यस्तै चिबामा ३ सय १७ जना संक्रमित थपिएर २२ हजार ८९ जना पुगेको छ भने २ सय ४३ जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार ३ सय ४२ जना र मृतकको संख्या ५ सय ९१ जना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार ३ सय ५७ जना र मृत्यु हुने संख्या ३ सय ९७ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ४९ जना र १ सय ८५ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ३ सय ७१ जना संक्रमित र १ सय १५ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ७ सय ५५ जना संक्रमित र ४४ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः १ सय छ, १ सय ३७, १ सय ५४, ८२ र २४ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ५ सय ११, हिरोसीमामा ४ हजार ८ सय दुई, इबाराकीमा ४ हजार ७ सय ५५, सिजुओकामा ४ हजार ५ सय ७५ जना संक्रमित भएका छन् ।
बिहीबार ५९ हजार ४९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।