
सन थापा,
जापान । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा कोरोना संक्रमितको कुल संख्या ४ लाख एक जना पुगेको छ । बिहीबार २ हजार ५ सय ७६ जना संक्रमित थपिए भने १ सय चार जनाको मृत्यु भएको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार १ सय ८९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ४९ हजार ९ सय ९१ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ४१ हजार २८ जनाको उपचार भइरहेको छ भने ८ सय ९२ जनाको अवस्था गम्भीर रहेको छ ।
धेरै संक्रमित भएका प्रान्तहरू
टोकियोमा ७ सय ३४ जना संक्रमित थपिए भने कोरोना संक्रमितको संख्या १ लाख २ हजार २ सय जना पुगेको छ । ९ सय ६५ जनाको मृत्यु भएको छ ।
ओसाकामा २ सय सात जना संक्रमित थपिए । ४४ हजार ५ सय ६२ जना संक्रमित संख्या पुगेको छ भने ९ सय ६५ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा २ सय २४ जना संक्रमित थपिए । संक्रमित संख्या ४१ हजार ६ सय २७ जना पुगेको छ भने ५ सय २७ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २६ हजार ८९ जना पुगेको छ । यहाँ २ सय ४१ जना संक्रमित थपिए भने २ सय ८६ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार ४ सय ४३ जना र मृत्यु हुने संख्या १ सय ३३ जना पुगेको छ । यहाँ १ सय एक जना संक्रमित थपिए।
त्यस्तै चिबामा २ सय दुईजना संक्रमित थपिएर २३ हजार १ सय ३५ जना पुगेको छ भने २ सय ८० जनाको मृत्यु भएको छ । होक्काईदोमा संक्रमित १७ हजार ८ सय ४० जना र मृतकको संख्या ६ सय छजना पुगेको छ । ह्योगोमा संक्रमित १६ हजार ८ सय ९३ जना र मृत्यु हुने संख्या ४ सय ३१ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ५ सय ५२ जना र २ सय पाँचजनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ६ सय ५१ जना संक्रमित र १ सय २७ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ८ सय ३० जना संक्रमित र ४८ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः १ सय २०, १ सय एक,१ सय २०, ४२ र २७ जना संक्रमित थपिए ।
त्यस्तै ओकिनावामा ७ हजार ७ सय ४९, इबाराकीमा ४ हजार ९ सय ७८, हिरोसीमामा ४ हजार ८ सय ६४, सिजुओकामा ४ हजार ६ सय ७६ जना र गिफुमा ४ हजार २ सय ४८ जना संक्रमित पुगेको छ । मंगलबार ४७ हजार ५ सय १७ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

