नेपाल र भट्टराई जोडिएको ललिता निवास मुद्दामा प्रमाण बुझ्‍न सर्वोच्चको आदेश

-


     मर्दी न्युज    
     फागुन २ गते २०७७ मा प्रकाशित


काठमाडौँ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र बुझ्न आदेश गरेको छ ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो । ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।

अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।