पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

-


     मर्दी न्युज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कारोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । शनिवार थप एकको मृत्यु भएसँगै हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ८०० जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।



Tags: