पत्रकार महासंघको अध्यक्षमा पोखरेल निर्वाचित (सूचीसहित)

-


     मर्दी न्युज    
     चैत्र २८ गते २०७७ मा प्रकाशित


नेपाल पत्रकार महासंघको अध्यक्ष विजयी विपुल पोखरेललाई बधाई तथा कार्यकालको शुभकामाना दिँदै अध्यक्ष पदका अर्की उम्मेदवार निर्माला शर्मा । तस्वीर: रोशन सापकोटा, रासस

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन्। शनिवार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोखरेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।

अध्यक्ष पोखरेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्मालाई  तीन हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । पोखरेल प्यानलकै रमेश विष्टले वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई पराजित गरेका छन् ।

निर्वाचन समितिका सदस्य अधिवक्ता देवेन्द्र झाका अनुसार अध्यक्षमा विजयी पोखरेलले ६ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । अत्यक्षका अर्का प्रत्यासी प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलका निर्मला शर्माले ३ हजार ९ सय १५ मत प्राप्त गरिन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासीहरु गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत र रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

यही चैत २५ गते पहिलोपटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका हुन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला) मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एशोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

यस्तो छ अन्तिम नतिजा :