एकैदिन थपिए २३५१ कोरोना संक्रमित

-


     मर्दी न्युज    
     वैशाख ८ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । 

योसँगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ ।

गत २४ घण्टामा २ सय ८७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Tags: