कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, थप ४५२४ जनामा संक्रमण

-


     मर्दी न्युज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण देशभर थप १८ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६२२५ जना पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: