थप ५,७२७ जना संक्रमित, ३३ जनाको मृत्यु

-


     मर्दी न्युज    
     वैशाख १७ गते २०७८ मा प्रकाशित


पोखरा । पछिल्लो २४ घण्टामा ५ हजार ७२७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ । 

त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३३ जनाको मृत्यु भएको छ । 



Tags: