
पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको १७ हजार ३१५ जनाको पीसीआर परीक्षणमा ८ हजार २ सय ८७ जनामा र ८९८ जनाको एन्टिजेन परीक्षणका क्रममा १३१ जनामा गरी शनिवार थप ८ हजार ४१८ जनामा कोरोना सङ्क्रमण देखिएको हो।
योसहित नेपालमा हालसम्म कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ३७० जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन । योसहित हालसम्म २ लाख ९८ हजार ७६५ जना कोरोना भाइरसको सङ्क्रमण मुक्त छन भने देशभर हाल ८३ हजार ४९३ जना सक्रिय सङ्क्रमित छन्।
कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार नेपालमा थप ५३ जनको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ६३२ पुगेको छ।

